Thu. Mar 28th, 2024

श्रीमानको निधनपछि एक महिलाले भोग्ने पीडामा बनेको चलचित्र विधवाको मनछुने र्शीष गीत रिलिज भएको छ । जिन्दगीको यात्रामा नामक सार्वजनिक गीतमा चलचित्रकी नायिका सोनु घिमिरे विधवाको रुपमा विभिन्न दुखहरु गरिरहेको देख्न सकिन्छ ।

ggggggggसार्वजनिक गीतमा दिव्याज्येतिको स्वर,विकाश चौधरीको संगीत,शंकर अधिकारी घायलको गीत रचना,विवेक थापाको नृत्य निर्देशक रहेको गीतमा सोनु थापाले मर्मस्पर्शी अभिनय गरेकी छिन् । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठले मुख्य भूमिकामा काम गरेका छन् । चलचित्रलाई गिरीप्रसाद पुनले निर्माण गरेका हुन् । फिल्मले नेपाली समाजमा एकल महिलालाई गरिने दुर्व्यवहार र छुवाछुतको बिषयलाई उठान गरी निर्माण गरिएकोले दर्शकको मन जित्ने आश निर्देशक श्रेष्ठको छ । चलचित्र विधवा पुष ११ गते अलनेपाल रिलिजको तयारीमा छ ।

भिडियो हेर्नका लागी तलको लिंका क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=DjaK68Sr_Mc#t=16

%d bloggers like this: