Sat. Apr 20th, 2024

एउटै मितिमा दुई देखी तिनवटा चलचित्र सम्म एक साथ प्रदर्शन हुनु कुनै नौलो कुरा होइन । यस्ता धेरै चलचित्र छन जसले एकै मितिमा दुई देखी तिनवटा चलचित्र सम्म एकसाथ प्रदर्शनमा आएका छन् । यसबाट न निर्माता खुसी छन् न चलचित्रमा अभिनय गरेका कलाकारहरु नै तर सोलो रिलिज गर्ने उचित मिति नै नपाउँदा एउटै मितिमा धेरै चलचित्र प्रदर्शन गर्नु अहिले बाध्यता नै बनेको छ । त्यहि भिडमा आज दुई चलचित्र पनि बेरिएका छन् । ति हुन् चलचित्र हमजाएगा र श्री ५ अम्बरे,हो यि चलचित्र आजबाट एकसाथ प्रदर्शन आएका छन् । प्रचार प्रसारको हिसाबले चलचित्र श्री ५ अम्बरे धेरै अगाडी भएपनि चलचित्र हमजाएगा पनि कम भने छैन् । उसले पनि विभिन्न तर तरिकाबाट आफ्नो प्रचार प्रसारलाई अगाडी बढाइरहेको थियो । हमजाएगा पुर्णतया कमेडी छ भने श्री ५ अम्बरेले समाजमा राजा बन्न चाहानेहरुको कथा बोकेको छ । अब भोली देखी नै थाहा हुन्छ कसले दर्शकको मन जित्न सफल भयो भन्ने तर दर्शकको आखाँमा यति बेला हमजाएगा भन्दा पनि श्री ५ अम्बरेको लाहा छाप जस्तो बनिसकेको छ ।

 यि हुन आजबाट देशभर प्रदर्शनमा आएका दुई चलचित्रका बारेमा जानकारी :

 shree5ambareचलचित्र श्री ५ अम्बरे

जिवनसाथी फिल्मस्को व्यानरमा निर्देशक दिपा बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा डा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । टि एन आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।

 hamjaiyaa New yorkचलचित्र हमजाएगा

मुनाल फिल्म प्रा लिको ब्यानरमा निर्मित चलचित्र हमजाएगामा बाबु बोगटी, विल्सनविक्रम राई, पार्वती राई, ऋचा धिताल, मनोज आरसी, रामचन्द्र अधिकारी, रेशम फिरिरी, प्रज्वल गिरी, रवि गिरी लगायतले अभिनय गरेका छन्। चलचित्र ‘हमजाएगा’ रोमान्टिक कमेडी चलचित्र रहेको बताइएको छ । चलचित्रलाई टंक गुरुङ्ग, सुर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द र कमल राईको नृत्य निर्देशन रहेको छ।

%d bloggers like this: