Thu. Apr 25th, 2024

मंगलबार मात्र सिभिल बैंकले केकीका बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचना निकाले पछि निकै तनाबमा रहेकी नायिका केकी अधिकारी अस्ट्रेलिया उडेकी छिन् । हिजो मात्र आफ्नो फेसबुकमा मैले आत्मविश्वास गुमाएँकी छैन् भन्दै प्रष्टीकरण दिएकी केकी आज अस्ट्रेलियामा २२ नोभेम्बरमा हुन लागेको स्पन्दन साँझका लागी केकी अधिकारी गायक पशुपति शर्मा र गायिका सुनिता दुलाल अस्ट्रेलिया उडेका छन् ।

kkkkkkkअस्ट्रेलिया नेपाल पब्लिक लिंकको आयोजनामा हुन लागेको भब्य सांगीतिक साँझमा केकीले पनि आफ्नो प्रतिभा देखाउने छिन् भने पशुपति शर्मा र सुनिता दुलालले आफ्नो गायक प्रस्तुत गर्नेछन् । केकी उक्त कार्यक्रम सकिए लगत्तै नेपाल फर्किने बताइएको छ ।

hhhhhhhhhhhhhhसिभिल बैंलले जारी गरेको ३५ दिने सुचनामा केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं.६ सिट नं. १०२–१०३० कित्ता नं.१९३ को २२२.५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख छ । जसमा केकी अधिकारी जमानीकर्ता छिन् । बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको छ ।

%d bloggers like this: