Fri. Apr 26th, 2024

फागुन १५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अझै पनिको अर्को नयाँ र्शीष गीत रिलिज भएको छ । ‘चमक चमक रत्यौली’ नामक गीतमा चलचित्रका कलाकार सुदर्शन थापा र पुजा शर्माको बिहेमा कलाकार सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा लगाएतको नृत्य हेर्न सकिन्छ भने सुदर्शन थापा र पुजा शर्मा बैबाहिक जीवनमा बाधिएको देख्न सकिन्छ ।

aajai paniस्वर्गीय चर्चित निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्र अझै पनिको सार्वजनिक गीतमा राजन राज शिवाकोटीको शब्द,संगीत,मनिषा पोखरेल र रिता बुढाथोकीको स्वर रहेको छ । पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्र अझै पनिमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । सार्वजनिक गीतलले चलचित्रलाई दर्शक माझ चिनाउँन अझ सहज हुने निर्माण पक्षलले बताएको छ । आलोकको अन्तिम चलचित्र भएका कारण पनि एक पटक चलचित्र अझै पनि हलसम्म गएर हेरिदिन चलचित्र युनिटलले आग्रह समेत गरेको छ । चलचित्र ‘अझै पनि’ले गाउँले परिवेशको कथा बोकेको छ । कात्तिक २० गते साँझ धापासीको ग्राण्डी भिल्ला स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेका आलोकको आझ निधन भएको १२ दिन भएको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=WOx_mTWtLLo

%d bloggers like this: