Thu. Apr 25th, 2024

नायक आर्यन सिग्देलका प्राय फिल्महरु सबैले हेर्न लायकका हुन्छन्,किनकी उनी अभिनित चलचित्र कुनै पनि त्यस्ता छैनन् जसलाई कुनै पनि उमेरलले बन्देज लगाएको होस तर अब आर्यनलाई हेर्न आमा बुबा चाहिने भएको छ । मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेलाई आज सेन्सर बोर्डलले पिजी सर्टिफिकेट दिएको छ । आज विहान सेन्सरका सदस्यहरुले चलचित्र हेरेपछि नाईकेलाई पिजी सर्टिफिकेट दिएको हो ।

naikeचलचित्रमा केहि डरलाग्दा दृश्यका कारण नाईकेलाई पिजी सर्टिफिकेट दिएको सेन्सर बोर्डलले बताएको छ । अब चलचित्र नाईके हेर्न १६ बर्षभन्दा मुनिका बालबालिकाले आमा बुबाको साथमा बसेर मात्र फिल्म हेर्न पाउनेछन् । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र नाईकेमा आर्यन सिग्देल पहिलो पटक गुण्डा नाईकेको भुमिकामा देखिएका छन् । चलचित्रमा आर्यन सिग्देल सगैं सुरबिना कार्की, रेम बिक, बोधराज रेग्मी, विजय सेन्चुरी लगायतको पनि अभिनय छ । बिष्णु हमाल कार्यकारी निर्माता रहेका फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले पनि लगानी गरेका छन् ।

%d bloggers like this: