Fri. Apr 26th, 2024

हो तपाईहरुलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । कलाकार आश्मा डिसी र सयंम पुरी चलचित्रमा मात्र होइनन् यिनीहरु वास्तविक जीवनमा नै प्रेम पे्रमिका हुन । तर उनीहरु अब एक साथ चलचित्रमा देखिने भएका छन् । पौषको मध्य जाडोमा यि दुई जोडीद्धारा अभिनित चलचित्र आभाषमा प्रदर्शनको तयारीमा रहेको छ । यि जोडिका हेर्नका लागी भने पौष २५ गते नै कुर्नु पर्नेछ । उनीहरु चलचित्र आभाषमा मात्र होइन अब चलचित्र नाई नभन्नू ल ३ मा पनि देखिदै छन् । तर पौष २५ गते भने उनीहरु द्धारा अभिनित चलचित्र आभाष प्रदर्शन हुदैंछ ।

aavas movie (3)निर्माता, कलाकार हुदैं वितरक बनेका गोविन्द शाहीको निर्माण रहेको पछिल्लो चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन । यस अघि काहाँ छौं काहाँ, सम्झी दिए पुग्छ र पराई जस्ता चलचित्रमा पुरानै फ्लेवरमा पारिवारीक चलचित्र निर्माण गर्ने शाही आभाष मार्फत युवा पुस्ताको प्रेम कथामा पुगेका छन । काठमाण्डौ र पोखरामा छायाँकन गरिएको आभाष प्रेमको आभाष हो । चलचित्रमा संयम पुरी, सलोन बस्नेत र आश्मा डिसीको त्रिकोणात्मक प्रेम कथा हेर्न पाईन्छ । साथैं चलचित्रमा नायिका निशा अधिकारी पनि छिन् । टिनएजको लभस्टोरी ड्रामा आभाष बिशेष युवा पुस्ताले रुचाउने आश निर्माण सस्थाको छ । सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको चलचित्रलाई पुरुषेत्तम प्रधानले खिचेका हुन । गम्भिर बिष्टको नृत्य र चन्द्र पन्तको द्धन्द निर्देशन रहेको आभाष आश्मा डिसी चलचित्र उद्योगमा प्रवेश गर्दैछिन ।

%d bloggers like this: