Thu. Mar 28th, 2024

पछिल्लो समय निकै सफल नायिकाको रुपमा परिचित नायिका केकी अधिकारीलाई सिभिल बैंलले ३५ दिनको सुचना जारी गरेको छ । उनका बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचनामा सिभिल बैंकले निकालेको छ । केकीका बाबु र आमाले घर कर्जा शिर्षकमा सिभिल बैंकको ताकेता विभागले उक्त सूचना मंसिर २ को नागरिक पत्रिकामा प्रकाशित गरेको हो ।

kekiकेकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं.६ सिट नं. १०२–१०३० कित्ता नं.१९३ को २२२.५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख छ ।

kkkkkkkkkkkkkkजसमा केकी अधिकारी जमानीकर्ता छिन् । सिभिल बैंकले ३५ दिने सूचनाको व्यहोरामा घर कर्जा मार्फत लिएको रकम तिर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिने सूचना सार्वजनिक गरिएको उल्लेख गरिएको छ । बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको हो ।

%d bloggers like this: