Thu. Apr 25th, 2024

मंसिर ५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरे युनिट यति बेला देशदौडाहामा छ । प्रदर्शन मिति नजिकदैं गर्दा आफ्नो प्रचार प्रसारलार्ई व्यापक रुपमा बढाउदैं आएको चलचित्र श्री ५ अम्बरेले नेपाली चलचित्रक्षेत्रमा नयाँ धारा ल्याउने निर्माण पक्षले दाबी गदैं आएको छ । मंसिर ५ गते चलचित्र श्री ५ अम्बरे चलचित्र हलहरुमा आउदैंछ भन्ने जानकारी दिनका लागी चलचित्र युनिटलले केहि दिन अगाडी हाँस्य टेलिसिरियल भद्रगोलका कलाकारलार्ई लिएर टिभिसी देखी भिमफेदी ग्रुपको नृत्यबाट चलचित्र युनिटलले आफ्नो प्रसार प्रसार सुरु गरिसकेको छ । चलचित्र श्री ५ अम्बरेलाई उत्कृष्ट बनाउनका लागी सबै पक्षबाट निकै मेहेनत गरिएको निर्माण पक्षलले बताउदैं आएको छ । अन्तराल चलचित्र निर्देशन गरेर अवार्ड समेत हात पारेकी महिला निर्देशक दिपा बस्नेतलले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेलाई टि.एन.आचार्यले निर्माण गरेका हुन् ।

shree5ambareमनोरञ्जन संसारडटकमसगँ कुराकानी गदैं निर्देशक बस्नेतलले चलचित्र श्री ५ अम्बरेलाई उत्कृष्ट चलचित्र बनाउनका लागी कुनै पनि कसरत बाँकी नराखेको बताइन । त्यस्तै चलचित्रका निर्माता टि.एन.आचार्यले चलचित्र श्री ५ अम्बरेले विभिन्न चलचित्र हेरिरहेका दर्शकलाई फरक स्वाद दिने दाबी गरे । जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ। चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन्। चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन्। टि।एन।आचार्य र दिपक आचार्य निर्माता रहेको फिल्मलाई अभिमन्यू निरवीले लेखेका हुन्। दीपा बस्नेतको निर्देशनमा बनेको फिल्म डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ।

%d bloggers like this: