Thu. Apr 25th, 2024

सधै हाँसी रहने,कहिले पनि नराम्रो बचन नगर्ने सबैका मायालु चर्चित निर्देशक आलोक नेम्वाङको मृत्यु भएको पनि आज ११ दिन वित्यो तर अझै पनि कसैको आखाँमा आसु रोकिन भने छोडेको छैन । नेपाल चलचित्र प्राविधिक संघले आलोकको निधन भएको ११ दिनमा श्रद्धाञ्जली कार्यक्रममा धेरैले आलोकको सम्झनामा आसु बगाए धेरै भन्दैं थिए आलोक मरेका छैनन् । तर आज उनको निधन भएको पनि ११ दिन वितिसकेको छ । नेपाल चलचित्र प्राविधिक संघले आलोकको ११ दिनको श्रद्धाञ्जली कार्यक्रम नेपालका चर्चित निर्माता,निर्देशक,कलाकार,प्राविधिक आदीले आलोकको गुनगान गाउदैं आलोकको सम्झना गरेका छन् । ११ दिनमा श्रद्धाञ्जली कार्यक्रममा सबै भन्दा धेरै नायिका नम्रता श्रेष्ठको आखाँमा आसु बगेको पाइन्थो उनी कार्यक्रममा बोल्दै भन्र्दै थिइन-‘मलाई सधै माया गर्ने दाई,कहिले पनि परको सम्झनु भएन,मेरो नेपालीरजतपटको यात्रा आलोक दाईले निर्देशन गरेको चलचित्रबाट नै भयो मलाई अझै पनि विस्वास लागेको छैन आलोक दाई हामीबाट टाढा हुनुभएको छ भन्ने’- नम्रताले गहभरी आसु पादैं भनिन् ।

namrataयसरी नै धेरैले आलोकको सम्झना गदैं आलोकको शरिर हामी माझ नभएपनि आलोकको माया,सम्झना सधै हाम्रो साथ रहने बताएका छन् । ११ दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आलोक आफ्नो सबै भन्दा आत्मिय मित्र रहेको बताए । केसीले भने-‘सोल्टी होटलमा हामीले अवार्ड गर्ने तयारी गर्दै गर्दा आलोक जीले एक वचनमै हामीलाई सहयोग गर्न राजी हुनुभएको थियो । यसपछि पनि उहाँ हाम्रा लागि सधै सहयोगी हुनुभयो ।’ आज आलोक हामी माझ नभएपनि आलोकको माया,सम्झना सधै हाम्रो साथ रहिरहने केसीले बताए । त्यस्तै कार्यक्रममा नेपालका चर्चित कलाकार,निर्देशक,निर्माता,पत्रकार,प्राविधि आदीले आलोकको सम्झना गरेका थिए । आलोकले निर्देशन गरेको अन्तिम चलचित्र अझै पनि फागुन १५ मा रिलिजको तयारीमा रहेको छ । पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली चलचित्रको पर्दामा मौलिकता र प्रेम पस्कन सिपालु निर्देशक नेम्वाङले ‘अझै पनि’लाई गाउँले परिवेशमा चित्रिण गरेका छन् । जीवनको कालखण्डमा ३ वटा चलचित्र मात्र निर्देशन गरेका आलोकका लागि ‘अझै पनि’ विशेष छ ।

%d bloggers like this: