Tue. Apr 23rd, 2024

सांगितिक प्रेम कथामा आधारित चलचित्र ‘धुन’ को अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक चलचित्रको फर्स्टलुक पोस्टरमा मुख्य कलाकार जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाललाई प्रमुखताका साथ देखाईएको छ । चलचित्रले सांगितिक प्रेम कथा बोल्ने भएकोले सार्वजनिक पोस्टरबाट समेत संगीत र प्रेमको भाव झल्किन्छ । तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । ‘धुन’ कृष्णको डेब्यु निर्देशनमा तयार चलचित्र हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो सिनेमामा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।

doonयसैबीच चलचित्र ‘धुन’ चैत्र ६ गतेबाट दर्शकमाझ आउने भएको छ । चलचित्रको फर्स्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको प्रदर्शन मिति अनुसार ‘धुन’ चैत्र ६ पछी दर्शकमाझ आउने निर्मात्री मालती शाहले बताईन् । रिलिजको उपयुक्त दिन चैत्र ६ नै देखेर रिलिजको मिति सार्वजनिक गरियो, मालतीले भनिन्, -‘आशा छ यस अघीका चलचित्रमा जस्तै ‘धुन’मा पनि दर्शकको साथ र समर्थन पाउनेछौं ।’ निर्माता मालती र सुशिलको लगानीमा यसअघी नै ‘लंका’ र ‘झोला’ दुई चलचित्र दर्शकमाझ आईसकेका छन् । जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय रहेको यो चलचित्रमा काठमाडौं तथा पर्यटकिय नगरी पोखराका मनोरम दृश्यहरु समावेश छन् । यो चलचित्रमा संगीत लक्की सिटौलाको तथा द्वन्द्व चन्द्र पन्तको रहेको छ, भने चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

%d bloggers like this: