सधै हाँसी रहने,कहिले पनि नराम्रो बचन नगर्ने सबैका मायालु चर्चित निर्देशक आलोक नेम्वाङको मृत्यु भएको पनि आज ११ दिन वित्यो तर अझै पनि कसैको आखाँमा आसु रोकिन भने छोडेको छैन । नेपाल चलचित्र प्राविधिक संघले आलोकको निधन भएको ११ दिनमा श्रद्धाञ्जली कार्यक्रममा धेरैले आलोकको सम्झनामा आसु बगाए धेरै भन्दैं थिए आलोक मरेका छैनन् । तर आज उनको निधन भएको पनि ११ दिन वितिसकेको छ । नेपाल चलचित्र प्राविधिक संघले आलोकको ११ दिनको श्रद्धाञ्जली कार्यक्रम नेपालका चर्चित निर्माता,निर्देशक,कलाकार,प्राविधिक आदीले आलोकको गुनगान गाउदैं आलोकको सम्झना गरेका छन् । ११ दिनमा श्रद्धाञ्जली कार्यक्रममा सबै भन्दा धेरै नायिका नम्रता श्रेष्ठको आखाँमा आसु बगेको पाइन्थो उनी कार्यक्रममा बोल्दै भन्र्दै थिइन-‘मलाई सधै माया गर्ने दाई,कहिले पनि परको सम्झनु भएन,मेरो नेपालीरजतपटको यात्रा आलोक दाईले निर्देशन गरेको चलचित्रबाट नै भयो मलाई अझै पनि विस्वास लागेको छैन आलोक दाई हामीबाट टाढा हुनुभएको छ भन्ने’- नम्रताले गहभरी आसु पादैं भनिन् ।
यसरी नै धेरैले आलोकको सम्झना गदैं आलोकको शरिर हामी माझ नभएपनि आलोकको माया,सम्झना सधै हाम्रो साथ रहने बताएका छन् । ११ दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आलोक आफ्नो सबै भन्दा आत्मिय मित्र रहेको बताए । केसीले भने-‘सोल्टी होटलमा हामीले अवार्ड गर्ने तयारी गर्दै गर्दा आलोक जीले एक वचनमै हामीलाई सहयोग गर्न राजी हुनुभएको थियो । यसपछि पनि उहाँ हाम्रा लागि सधै सहयोगी हुनुभयो ।’ आज आलोक हामी माझ नभएपनि आलोकको माया,सम्झना सधै हाम्रो साथ रहिरहने केसीले बताए । त्यस्तै कार्यक्रममा नेपालका चर्चित कलाकार,निर्देशक,निर्माता,पत्रकार,प्राविधि आदीले आलोकको सम्झना गरेका थिए । आलोकले निर्देशन गरेको अन्तिम चलचित्र अझै पनि फागुन १५ मा रिलिजको तयारीमा रहेको छ । पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली चलचित्रको पर्दामा मौलिकता र प्रेम पस्कन सिपालु निर्देशक नेम्वाङले ‘अझै पनि’लाई गाउँले परिवेशमा चित्रिण गरेका छन् । जीवनको कालखण्डमा ३ वटा चलचित्र मात्र निर्देशन गरेका आलोकका लागि ‘अझै पनि’ विशेष छ ।