Thu. Apr 25th, 2024

लण्डनमा हुन लागेको मिस वल्र्डमा सहभागी हुनका लागी मिस नेपाल सुविन लिम्बुलाई आज काठमाडौंमा एक कार्यक्रमका विच राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको ८४ मिटर लामो मेथिली नामक राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको कल्पना योङ हाङले डिजाईन गरेको उक्त कपडा हस्तान्तरण गरिएको छ । नोभेम्बर २० तारिकका दिन लण्डन प्रस्तान गर्न लागेकी मिस नेपाल सुविन लिम्बुले नेशनल कल्चरल राउण्डमा उक्त पोशाक लगाउने कार्यक्रममा बताइन । डान्स राउण्ड देखी विभिन्न राउण्डहरुमा आफुले नेपाली पोशाक झल्कने राष्ट्रिय पोशाक लगाउने पनि बताइन ।

??????????कार्यक्रममा बोल्दै मिस नेपाल सुविन लिम्बुले आफु मिस बल्र्डको ताज जितेरै ल्याउने दाबी समेत गरिन । आफु पहिलो पटक मिस वल्र्डमा सहभागी हुन लागेको बताउदैं सुविन लिम्बुले मिस वल्र्डमा सहभागी हुन पाउँदा आफु निकै खुसी भएको पनि उनले बताएकी छिन् । उनलाई उक्त कार्यक्रममा ढाकाको सारी,द हाईल्याण्ड आर्टले डिजाईन गरेको सारी लगायतका नेपाली पोशाक लगायतका पोशाक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा द हाई ल्याण्ड आर्टकी अध्यक्ष कल्पना योङ हाङले आफुले डिजाईन गरेको राष्ट्रिय पोशाक मिस बल्र्डमा मिस नेपाल सुविन लिम्बुले प्रदर्शन गर्ने भएकोमा आफु निकै खुसी रहेको बताइन । यो पटकको मिस बल्र्डको ताज सुविन लिम्बुले नै जित्ने विस्वास व्यक्त गर्दै अध्यक्ष कल्पना योङ हाङले आफुले उक्त पोशाकलाई निकै मेहेनत गरेर निर्माण गरेको पनि बताइन ।

%d bloggers like this: