Wed. Apr 24th, 2024

८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा सगँ अब एक साथ प्रदर्शन हुन लागेको कमेडी चलचित्र कान्छी मट्याङ ट्याङले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि प्रदर्शन मिति,२ वटा गीत र एक ट्रेलर सार्वजनिक गरेको छ । मंसिर २६ गतेलाई आफ्नो प्रदर्शन मिति सार्वजनिक गदैं चलचित्र युनिटले चलचित्रले प्रत्यक शब्दमा दर्शकलाई हँसाउने दाबी गरेको छ ।

kanchiपुरन थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र कान्छी मट्याङ ट्याङमा जयकिशन बस्नेत, लक्ष्मी गिरी, राजाराम पौडेल, पुरन थापा,सारिका केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रमा गजित बिष्ट र अनु शाह अतिथी भूमिकामा छन् ।कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक तथा लेखक पुरन थापाले चलचित्रले सन्देश सगैं मनोरञ्जन पनि दिने दाबी गरे । पुर्णतया चलचित्र नारी प्रधान बिषयमा बनेको पनि बताए । कार्यक्रममा कलाकार तथा निर्माता गोविन्द शाही,लक्ष्मी गिरी,जय किशन बस्नेत लगायतकाको भब्य उपस्थिति रहेको थियो । चलचित्रमा कलाकार जयकिशन बस्नेतको कमेडीलाई दर्शकले अत्याधिक मनपराउने बताइएको छ । चलचित्रमा टंक बुढाथोकी र विकास चौधरीले संगीत भरेका छन् ।

%d bloggers like this: