Fri. Apr 26th, 2024

पछिल्लो समय सबैलाई अचम्ममा बनाएको चलचित्र लब यू बाबाको अफिसियल ट्रेलर रिलिज भएको छ । ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा पछिल्लो समय सबैको प्रतिक्षाको चलचित्र बनिरहेको अबस्थामा चलचित्र युनिटले आज युटुब मार्फत चलचित्रको १ मिनेट ३३ सेकेण्ड छोटो ट्रेलर रिलिज गरेको छ । सार्वजनिक ट्रेलरमा सुख,दुख,माया,प्रेम,द्धन्द्ध,कमेडी सबैलाई समेटेको छ । सार्वजनिक ट्रेलरको केहि दृश्य आखाँबाट आसु रसाउने खाल्का पनि छन् । ट्रेलरमा गजित विष्ट,अशिष्मा नकर्मी,निर्मल शर्मा,संगम बिस्ट,निश्मा घिमिरे लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।

Captureमंसिर २६ गते देशभर एक साथ प्रदर्शनको तयारीमा रहेको चलचित्र लब यू बाबा युनिट यति बेला चलचित्रको प्रसार प्रसारमा व्यापक रुपमा लाग्दैं आएको छ । चलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्रलाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । चलचित्रमा अनु शाह अतिथि भुमिकामा देखिएकी छिन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=W4RXlTkFMkY

%d bloggers like this: