Thu. Mar 28th, 2024

प्रदर्शनको अब अन्तिम तयारीमा रहेको चलचित्र हमजाएगा युनिटले अन्तिम कमेडी ट्रेलर सार्वजनिक गरेको छ । मंसिर ५ गते रिलिजको तयारीमा रहेको चलचित्र हमजाएगा युनिटले सार्वजनिक गरेको अन्तिम कमेडी ट्रेलरमा विल्सन विक्रम राईको कमेडी संवाद रहेको छ । चलचित्र हमजाएगा कमेडी चलचित्र भएका कारण पनि दर्शकलाई चलचित्र हेरिरहदाँ कहिले पनि खिन्न महशुस नहुने निर्माण पक्षले दाबी गदैं आएको छ ।

hamjaiyaa New yorkमुनाल फिल्म प्रा लिको ब्यानरमा निर्मित चलचित्र हमजाएगामा बाबु बोगटी, विल्सनविक्रम राई, पार्वती राई, ऋचा धिताल, मनोज आरसी, रामचन्द्र अधिकारी, रेशम फिरिरी, प्रज्वल गिरी, रवि गिरी लगायतले अभिनय गरेका छन्। चलचित्र ‘हमजाएगा’ रोमान्टिक कमेडी चलचित्र रहेको बताइएको छ । चलचित्रलाई टंक गुरुङ्ग, सुर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द र कमल राईको नृत्य निर्देशन रहेको छ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=TwVXEJNnkAA

%d bloggers like this: