Thu. Apr 25th, 2024

मंसिर १२ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र मिस्टेक आफ्नो प्रचार प्रसारमा व्यापक रुपमा लाग्दैं आएको छ । प्रदर्शन मिति नजिकदैेंं गर्दा चलचित्र युनिट यति बेला आफ्नो प्रचार प्रसारलाई निरन्तरता दिदैं आएको छ । चलचित्र मिस्टेक दर्शकले सोचे जस्तै बनेको निर्माण पक्षले बताएको छ । ‘एक्सन र रोमान्स’ चलचित्रका मुख्य पाटोलाई समेटेको चलचित्र मिस्टेकलले युवा बर्गलाई हल सम्म तान्ने लक्ष्य बोकेको छ ।

mistakeऋषिराज आचार्य निर्देशित चलचित्र मिस्टेकमा हर्षिका श्रेष्ठ , शुशान्त कार्कि , निर्मल सेन्चुरीको अभिनय रहेको छ । सबिशा फिल्म प्रोडक्सन प्रा.लि. मोरङ इटहराको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र मिस्टेकलाई  सुर्य देवानले निर्माण गरेका हुन् । करिब २० लाखको लागतमा निर्माण भएको चलचित्र मिस्टेक युनिटले दर्शकलाई हल सम्म तान्न विभिन्न प्रचार प्रसारमा लाग्ने बताएको छ ।

%d bloggers like this: