Thu. Apr 25th, 2024

गायिका केटी पेरीले श्रीमान् रसेल ब्रान्डले आफ्नो जीवन अन्धकारमय बनाएको आरोप लगाएकी छन् । रसेलले आफूलाई डिभोर्स दिएर जीवन बिगारिदिएको बताएकी हुन् । ‘डिभोर्सपछि आफ्नो मनमा आत्महत्याको बिचार पनि आएको थियो । तर पनि म सम्हालिए,’ केटीले बताइन् । ३० वर्षीया गायिका केटीले गत सोमबार एक टिभी कार्यक्रममा रसेलको विषयमा तिक्तता पोखेकी हुन् ।

U.S. singer Katy Perry performs at the 2010 MuchMusic Video Awards in Toronto‘द प्रोजेक्स’नामक उक्त कार्यक्रममा उनी अतिथिका रुपमा समावेश भएकी थिइन् । केटी र रसेलको डिभोर्स २०११ मा भएको थियो । ‘डिभोर्सले मलाई गहिरो चोट पुर्‍याएको थियो,’ केटीले भनिन्, ‘जसका कारण मैले कयौ पटक आत्महत्याका बारेमा सोच्न बाध्य भए ।’ आत्महत्याको कदम उठाउनबाट रोकेकोमा उनले भगवानलाई धन्यवाद दिइन् ।  भनिन् ‘कहिले काही हामी भवनामा डुबेर जीवन बर्बाद गर्ने गर्दछौ ।’ केटीले रसेलसँगको डिभोर्सका विषयमा एक गीत समेत तयार पारेकी छन् । गीतको बोल ‘बाय द ग्रेस ओफ गड’ रहेको छ ।

%d bloggers like this: