Fri. Apr 26th, 2024

पौषको जाडोमा अब आर्यनको साथमा चलचित्र अलविदा हेर्न पाइने भएको छ । पौष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अलविदामा नायक आर्यन सिग्देल मुख्य भुमिकामा देखिएका छन् भने उनलाई साथ दिएकी छिन् नायिका अनिता आचार्यले । आर्यन चलचित्रमा मुख्य भुमिकामा भएका कारण पनि यति बेला चलचित्रलार्ई आशावादी चलचित्रको रुपमा हेरिएको छ ।

alividaकेहि दिन अगाडी मात्र रिलिज भएको चलचित्रको ‘जिन्दगीको दुई एक पल तिमीलाई’नामक गीतमा देखिएका आर्यन र अनिताको जोडीलाई दर्शकले निकै रुचाउने निर्माण पक्षले दाबी गदैं आएको छ । चलचित्र आर्यनको भरमा विक्न सक्ने धेरैले अनुमान गरेका छन् । चलचित्र अलविदालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अलबिदामा अनिता आचार्य, आर्यन सिग्देल र हसन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् । चलचित्रका कार्यकारी निर्माता भने केशब घिमिरे हुन् ।

%d bloggers like this: