Sat. Apr 27th, 2024

केहि महिना अगाडी नेपाल भम्रणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण पछि यति बेला नेपालमा बलिउडका चर्चित कलाकारहरु नेपाल आउने क्रम एका एक बढ्दै गएको छ । केहि महिना यता मात्र बलिउडका चर्चित कलाकारहरु नेपाल आइसकेका छन् । अमिर खान,अक्षय कुमार,रविना टण्डन,सुस्मिता सेन,अनुपम खेर लगायतका चर्चित कलाकारहरु नेपाल आइसकेका छन् भने अब फेरी बलिउडका अर्का चर्चित स्टार हाँस्यकलाकार कपिल शर्मा र चर्चित गायक सोनु निगम नेपाल आउने भएका छन् । मंसिर २७ गते एनसेलले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सांगीतिक तथा मनोरञ्जले भरिपूर्ण कार्यक्रम, एनसेल पर्पल फेष्ट आयोजना गर्न लागेको छ ।

300514-sonu-nigam-on-comedy-nights-with-kapil.jpgसोहि कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आउन लागेका बताइएको छ । उनीहरु सगँ नेपालका गायकहरु सुगम पोखरेल, यम बुद्घ तथा जीतु नेपाल र विल्सन विक्रम राईका साथ संगीत र ठट्टाको अद्भुत अनुभव प्रदान गर्नेछन् । यहि कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् । ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ । कर वाहेक २९९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक १३९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक ६९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् ।

%d bloggers like this: