Thu. Apr 25th, 2024

मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र रंग बैजनीमा दुई नायिका छन् गरिमा पन्त र सुमिना घिमिरे । यि नायिकाहरु विच वास्तविक जीवनमा नै निकै ठुलो द्धन्द्ध रहेको स्रोतले बताउदैं आएको छ । त्यसैले होला सुमिना उपस्थित नहुने कार्यक्रममा गरिमा पुग्ने गरेकी छिन् । तर आफुले नै अभिनय गरेको चलचित्र रग बैजनीको प्रचार प्रसारमा नायिका सुमिना घिमिरेले मुहार समेत नदेखाउदाँ गरिमालाई तनाब भएको छ । अर्थात सुमिना चलचित्रको प्रचार प्रसारमा नहिडिदिदाँ गरिमा अहिले आफैं प्रचार प्रसारमा हिडिरहेकी छिन् तर सुमिनाको अत्तो पत्तो छैन । चलचित्र रंग बैजनीले गरेको केहि कार्यक्रममा सुमिना अहिले सम्म उपस्थित भएकी छैनन् तर गरिमा प्रत्यक कार्यक्रममा देखा पर्ने गरेकी छिन् ।

rang baijaniत्यसबाट नै पृष्टि हुन्छ कि सुमिनालाई चलचित्रको कुनै वास्ता छैन भन्ने । चलचित्र रंग बैजनीको प्रदर्शन मिति नजिकदैं गर्दा एका एक नायिका सुमिना घिमिरे हराएपछि सुमिनाको साटो पनि गरिमा नै प्रचार प्रसारमा हिड्नु परेको छ । त्यसैले यति सम्म चै सजिलै अनुमान लगाउन सकिन्छ कि सुमिनाका कारणले गर्दा यति बेला गरिमालाई तनाब सृजना भएको छ । १२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका बरिष्ठ निर्देशक शम्भु प्रधानले निर्देशन गरेका चलचित्र रंग बैजनीमा सुमिना घिमिरे र गरिमा पन्तको वास्तविक जिन्दगीको द्धन्द्ध भन्दा कमको द्धन्द्ध रहेको छैन चलचित्रमा पनि । उनीहरुको अलवा चलचित्रमा दिक्पाल कार्की पनि छन् । नुतन प्रधानको लगानी रहेको यो सिनेमाले सामाजिक प्रेम कथाको कहानी बोल्छ । चलचित्रलाई शशांक प्रधानले खिचेका हुन् ।

%d bloggers like this: