Sat. Apr 20th, 2024

रिलिज मिति अन्योलमा रहेको चलचित्र लब सबको अफिसियल गीत रिलिज भएको छ । देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र लब सबको मैले निक पोख्न नहुने नामक गीत रिलिज भएको छ । गीतमा संयम पुरी,सलान बस्नेत करिस्मा श्रेष्ठलाई देख्न सकिन्छ । गीतमा सुरेन्द्र रानाको शब्द,सुजिल कर्माचार्यको संगीत,हेमन्त रानाको स्वर रहेको छ । चलचित्रको गीतमा नुत्य निर्देशक रामजी लामिछाने रहेको छ । पौष २५ गते रिलिज मिति सार्वजनिक गरेको चलचित्र युनिटले एक साथ एउटै कलाकारहरु अभिनित चलचित्र आभाष रिलिज हुने भएपछि चलचित्र लब सबल आफ्नो प्रदर्शन मिति रोकेको थियो ।

1484961_280509592114393_162810257_nअब चाडैं चलचित्रले आफ्नो अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक गर्ने बताइएका छ । हरि ओम सिने मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्र लब सबलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।चलचित्रमा संयम पुरी,सलोन बस्नेत, शिशिर भण्डारी, , करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतका कलाकारहरुका मुख्य अभिनय रहेको छ । चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन,हिमाल के।सीको एक्शन , साम्तेन भुटियाको कथा,पटकथा , सुशिल पोखरेलको संबाद तथा बिपिन मल्लको सम्पादन रहनेछ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=0MuvZ6OKMAw

%d bloggers like this: