Sat. Nov 26th, 2022

उमेरले भर्खरै टिनएजर पार गरेकी गायिका मेलिना राई आजभोलि मायालुको मायामा हराईरहेकी छिन् । बैशालु उमेरमा रहेकी राईलाई उनको प्रेमिले माया गर्छु भनेपछि उनी त्यसमै हराईरहेकी छिन् ।प्रेमिलाई सम्झेर निदाउनु अघी उनलाई खुल्दुली मात्रै होइन निदाएपछि काउकुती लागेको समेत थाहा हुन्छ रे १ त्यसैले उनि भन्छिन्९मेरो जीन्दगीमा बहार नै छाएको छ । “हो यो सत्य हो” मेलिनाले भनिन्, “तर मेरो गीतका शब्दहरुमा मात्र ।

10799765_374745276017191_1457108112_nबहार नामक मेरो गीति एल्बमको टाईटल स¨ले यस्तै यस्तै भन्छ ।” डक्टर किरातको सोलो संगीत रहेको एल्बममा ६ ओटा गीत छन् । लव बुढाथोकी, जय किराति, भुपाल राई र गीता त्रीपाठीको शब्द रहेको छ । आधुनिक र सेन्टिमेण्टल दुबै किसिमका गीत समावेश एल्बमलाई नयाँमार्गी संगीत एकेडेमी एण्ड प्रोडक्सन प्रा।लि।ले बजारमा ल्याएको हो । एल्बम बजारमा ल्याउन करिब चार लाख खर्च लागेको बताउने राईले गीतको पनि म्युजिक भिडियो विस्तारै बनाउदैं जाने बताइन ।