Fri. Apr 26th, 2024

भारतीय चलचित्र नगरी बलिउडका निकै चर्चित एवं लोकप्रिय अभिनेता सलमान खान बाल्यकालमा निकै सिधा सादा थिए । सलमान भन्छन् ‘बाल्यकालमा म जति सिधासादा थिए मेरा भाईहरु अरबाज र सोहेल उत्तिकै बदमाश थिए ।’ यही कारण जब तीन भाई मिलेर कुनै बदमाशी गर्थे सबैभन्दा पहिले सलमान खानले सजाय पाउँथे । किनकी दुई भाई आमाको कुटाई खानु अघि नै भागिसक्थे । सलमान बाल्यकाल सम्झदै थप्छन् ‘त्यसपछि मेरो यसरी धुलाई हुन्थ्यो कि त्यो आज पनि मेरो मनमा ताजै छ । ’

salim11चलचित्रमा दर्जनौ खलनायकलाई एकै पटक ढाल्ने खुवी देखाउने बडि विल्डर समेत रहेका अभिनेता खान आज पनि आमाको कुटाई सम्झेर डराउने गर्छन । ‘हामी अहिले ठुलो भयौं । यसको अर्थ यो होइन कि अब हामी आमाको कुटाई खादैनौं ।’ सलमान भन्छन् ‘आज पनि हामी तीन भाई मध्ये जो कसैले गल्ती गरेपनि आमाले थप्पड हिर्काउनु हुन्छ ।’ यद्यपी आमाको मायासंग उनको थप्पड उहिले जस्तै अहिले पनि उत्तिकै प्यारो रहेको उनको भनाई छ ।

%d bloggers like this: