Fri. Mar 29th, 2024

RJgXRe7​शुक्रबारको साँझ रात ढल्द थियो अन्नपूर्ण होटलको पुलसाइडको भव्य मञ्चमा विभिन्न तह तप्काका व्यक्तिहरुले भरिभराउ थियो । र्‍याम्पमा उत्रँदै थिए नेपालका चर्चित मोडलहरु तर त्यहाँ उपस्थित सबैले भने ति मोडलहरुलाई होइन बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेनलाई खोजिरहेका थिए । २० वर्षअघि संसार हल्लाएकी सुस्मिता सेन सन् १९९४ की ब्रह्मान्ड सुन्दरी (मिस युनिभर्स) समेत भएकी थिइन । हिजो राजधानीको होटल अन्नपुर्णमा भएको ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन शो’मा उनी जब आफ्नो मोहित पहिरनमा सबै माझ देखा परिन तब सबैको आखाँ सुस्मिताको पहिरनमा गयो । शुक्रबार र शनिबार दुई दिन हुने टाइमलेस प्यारागन ज्वेलरी फेसन शो का लागि उनी शुक्रबार नै काठमाडौं आइपुगेकी थिइन । क्लासिक डाइमन्ड ज्वेलरिजको आयोजनामा भएको कार्यक्रममा भारतका अरु सुपरमोडलहरु पनि सहभागी हुँदैछन्।

Tvq3ECOतर आकर्षण सुस्मिताकै छ। जब उनी आफ्नो फेसन पहिरनमा सबै माझ परिन तब सायद उनको तारिफ नगर्ने मान्छे कमै थिए होला । शिरमा ताज र निकै लामो ड्रेसपमा देखा परेकी उनी सबैको आखाँ खिच्न सफल भईन । उनी आज पनि उक्त फेसन शोमा सहभागी हुनेछिन् । सुस्मिता केहि दिन नेपाल रहने बताइएका छ । खबरका अनुसार उनले कात्तिक ३० मा न्युरोडस्थित क्यासिक डाइमन्डको नयाँ स्टोरको उद्घाटन समेत गर्नेछिन् ।

%d bloggers like this: