Sat. Apr 20th, 2024

अन्तराल चलचित्र निर्देशन गरेर राम्रो चर्चा कमाएकी महिला निर्देशक दिपा बस्नेतलले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेले आफ्नो प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्रको प्रचार प्रसारमा व्यापकता दिदैं आएको छ । केहि दिन अगाडी मात्र चर्चित हाँस्य टेलिसिरियल भद्रगोलका कलाकारलाई लिएर टिभिसी तयार देखी भिमफेदी ग्रुपलाई लिएर नृत्य प्रस्तुत सम्मको दौडानमा चलचित्र श्री ५ अम्बरेले आफ्नो प्रचार प्रसारमा कमी आउन दिएको छैन । त्यहि क्रममा आज चलचित्र युनिटले काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्रका बारेमा जानकारी गराएको छ । कार्यक्रममा चलचित्रका नायक सौगात मल्ल गद्दीमा बसेका थिए र उनलाई साथ दिएकी थिइन नायिका केकी अधिकारीले । सौगात गद्दीमा बसेपछि कार्यक्रमको रौनकता नै परिवर्तन भएको थियो ।

राजाको पहिरनमा गद्दीमा बसेका सौगात तर्फ नै सबैको ध्यान केन्द्रित भएको थियो । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले आफु पहिलो पटक चलचित्रमा फरक भुमिकामा देखिएको बताए । ‘चलचित्र निकै उत्कष्ट बनेको छ’,’मलाई पुर्णरुपमा विस्वास छ चलचित्रलाई सबै दर्शकले उत्आधिक मनपराउनु हुनेछ भन्नेमा’- सौगातले भने । त्यस्तै कार्यक्रममा नायिका केकी अधिकारीले आफुले अरु चलचित्रको सेटमा भन्दा चलचित्र श्री ५ अम्बरेको सेटमा काम गर्दा धेरै मेहेनत गरेको बताउदैं चलचित्र श्री ५ अम्बरे निकै राम्रो बनेको भन्दै तारिफ गरिन ।

saugat-and-ke-2त्यस्तै चलचित्रकी निर्देशक दिपा बस्नेतलले चलचित्र श्री ५ अम्बरेलाई उत्कृष्ट चलचित्र बनाउनका लागी कुनै पनि कसरत बाँकी नराखेको बताउदैं एक पटक चलचित्र हेरिदिन आग्रह समेत गरिन । त्यस्तै चलचित्रका निर्माता टि.एन.आचार्यले चलचित्र श्री ५ अम्बरेले विभिन्न चलचित्र हेरिरहेका दर्शकलाई फरक स्वाद दिने दाबी गरे । जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ। चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन्। चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन्। टि.एन.आचार्य र दिपक आचार्य निर्माता रहेको फिल्मलाई अभिमन्यू निरवीले लेखेका हुन्। दीपा बस्नेतको निर्देशनमा बनेको फिल्म डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ। चलचित्र श्री ५ अम्बरे मंसिर ५ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ । 

%d bloggers like this: