Thu. Mar 28th, 2024

कात्तिक २८ गते अर्थात आजबाट देशभर प्रदर्शन आरम्भ गरेको चलचित्र जेरीले चौतर्फि तारिफ पाइरहेको बेला चलचित्र युनिटले काठमाठौंमा चलचित्रको पे्रस शो देखाएको छ । चलचित्रकर्मी,पत्रकार,कलाकार,निर्देशक,निर्माता आदीको उपस्थितिमा देखाइएको प्रेस शोमा चलचित्र हेरेपछि सबैले चलचित्रको तारिफ गरेका थिए । चलचित्रमा अनमोल केसीको अभिनयलाई सबैले अत्याधिक मन पराएका छन् ।

jerryचलचित्र हेरेपछि मनोरञ्जन संसारडटकम सगँ कुराकानी गदैं नायक भुवन केसीले चलचित्र जेरी आफुलाई अत्याधिक मन परेको बताए । चलचित्रको कथा वस्तु देखी सम्पुर्ण पक्ष निकै बलियो छ भुवनले भने । त्यस्तै नायक जीवन लुईँटेल,निरज बराल लगायतका कलाकारहरुले पनि चलचित्र उत्कृष्ट बनेको भन्दै चलचित्रको तारिफ गरेका थिए । ‘जेरी’ले हलहरुमा यूवायूवती तान्ने अपेक्षा राखेको छ । पछिल्लो समयमा एउटा चलचित्रले धेरै हल पाएँ ४० वटा भन्दा बढि नपाउने अबस्थामा चलचित्र जेरीले ६० वटा भन्दा बढि हलहरुमा एकसाथ प्रदर्शनको मौका पाएको बताइएको छ ।

jerry2मनोज शेरचनको निर्माणमा तयार भएको चलचित्रको मुख्य आकर्षक अनमोल केसी हुन् । अनमोल सगैं चलचित्रमा अन्ना शर्माले मुख्य भुमिका रहेको छ । मुस्ताङमा महंगो रकम खर्चेर खिचिएका चलचित्रका दृश्यले दर्शकलाई लोभ्याउने विश्वास गरिएको छ । हेमराज वीसीले निर्देशक गरेको चलचित्र जेरी युवापुस्ताले निकै मनपराउने निर्देशक विसी विस्वस्त देखिएका छन् ।

%d bloggers like this: