Mon. Jan 13th, 2025

बलिउड कलाकारहरु नेपाल आउने लहर लागिरहेको अबस्थामा बलिउडकी अर्की चर्चित अभिनेत्री सुस्मिता सेन आज काठमाडौं आइपुगेकी छिन् । दिउँसो साढे १२ बजे नेपालको त्रिभुवन विमानस्थलमा आईपुगेकी अभिनेत्री सुस्मिता सेन भोली काठमाडौंमा आयोजना हुन लागेको एक फेसन शोमा सहभागी हुनेछिन् । सुस्मिता शुक्रबारदेखि आयोजना हुने ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन शो’मा देखिने भएकी छन्।

Susmita-sen-01क्यासिक डाइमन्ड ज्वेलरिजले गर्न लागेको फेसन शोमा मिस युनिभर्स १९९४ ले क्याटवाक गर्नेछिन्। ‘फेस अफ क्यासिक डाइमन्ड’ कन्टेस्टका विजयी आस्मी श्रेष्ठ, फस्ट रनरअप पर्मिता राज्यलक्ष्मी राणा र सेकेन्ड रनरअप साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेत्री सेनसँग र्याआम्पमा क्याटवाक गर्नेछन्। तीन भागमा फेसन शो आयोजना हुनेछ। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, ओसिमा बानु, आस्था पोखरेल, दीप्ति गजुरेल रक्यारोल ग्रेसियस् लगायत नेपाल र भारतका मोडलहरु र्यापम्पमा देखिनेछन्। उनले कात्तिक ३० मा न्युरोडस्थित क्यासिक डाइमन्डको नयाँ स्टोरको उद्घाटन समेत गर्नेछिन् । पछिल्लो समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए सगैं बलिउडका चर्चित हस्तिहरु नेपाल आइसकेका छन् । बलिउड कलाकारको आखाँमा नेपाल विषेश स्थानमा पर्दै गएका कारण बलिउड कलाकारहरु नेपाल आउँन अत्याधिक मन पराउने पछिल्लो धेरै उदारहणहरुले पृष्टि गरेको छ ।