Thu. Mar 28th, 2024

हो हुन सक्छ नेपाली कथानक चलचित्र लब यू बाबा अब संसारकै पहिलो फिल्म हुन सक्ने लगभग पक्का भएको छ । किनकी उक्त चलचित्रलाई ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेका हुन् त्यस कारण पनि यो चलचित्र संसारकै पहिलो कान्छो निर्देशकले निर्देशन गरेको चलचित्र हुन सक्ने अब लगभग पक्का भएको छ । अहिले सम्मको अबस्था हेर्ने हो भने हलिउडमा एक ९ बर्षिय बालककले चलचित्र निर्देशन गरेका थिए । त्यस पछि भने कसैले पनि उक्त रेकर्ड तोड्न सकेका थिएनन् तर अब नेपालका ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा संसारकै पहिलो कान्छो निर्देशकले निर्देशन गरेको चलचित्र बन्न भएको छ । मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ल यू बाबा नेपालमा प्रदर्शन भए सगैं सौगातको नाम गीनिज बुक अफ दी रेकर्डमा लेखाईने कलाकार तथा ८ बर्षिय बालक सौगात विष्टका बुबा गजित विष्टले बताए ।

love you babaएउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ । चलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् ।

%d bloggers like this: