Fri. Sep 30th, 2022

timthumbकेहि मिहना अगाडी मात्र बैबाहिक जीवनमा बाधिका हलिउडका चर्चित जोडी ब्राड पिट र एन्जोलिना जोलीले २५ करोड पाउन्ड अर्थात झन्डै ४० अर्ब नेपाली रूपयाँमा एउटा विशाल पानी जहाज खरिद गरेका छन्। प्राप्त खबरका अनुसार यो जोडी अर्कोपनि पानी जहाज किन्ने योजनामा छन्। उनीहरूले किन्न लागेको दोस्रो जहाजको मूल्य २ लाख पाउन्ड अर्थात ३ करोड १६ लाख रहेको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार यी दुबै पानी जहाजको सजावटको काम इटालियन जहाज निर्माता कम्पनी ‘रिज्जारदी’ले गर्नेछन्। जहाजको डेकलाई मार्वल र काठले सजाइँदैछ। उक्त दुवै जहाजमा बाहिरबाट कसैले बाधा नपरोस भन्ने हेतुले डिजिटल क्यामरा हुनेछ। हाल ब्राड र एन्जोलिनाको जोडी माल्टामा एक सिनेमाको सुटिङ गरिरहेका छन्।