Fri. Apr 19th, 2024

कातिक २८ गते अर्थात आजबाट देशभर प्रदर्शनमा चलचित्र जेरी लागीपरेको छ । एकै मितिमा दुई देखी तिनवटा चलचित्र सम्म एक साथ प्रदर्शनमा आउँदा टाउकोमा हात राख्नु पार्ने अबस्थामा परेका निर्माताहरु चलचित्र जेरीका निर्माता भने खुसी छन् । चलचित्र जेरी आजबाट सोलो रिलिजको मौका पाएको छ । चर्चित नायक भुवन केसीका छोरा अनमोल केसी अभिनित चलचित्र जेरीलाई केहि आशावादी चलचित्रको रुपमा हेरिएको छ ।

jerryयुवापुस्ता माझ राम्रो छाप बनाएका अनमोलले उनी अभिनित चलचित्र होस्टेलको सफलता पछि उनी एका एक दर्शक माझ राम्रो कलाकारको रुपमा चिनिदैं गएका छन् । ‘जेरी’ले हलमा यूवायूवती तान्ने अपेक्षा राखेको छ । पछिल्लो समयमा एउटा चलचित्रले धेरै हल पाएँ ४० वटा भन्दा बढि नपाउने अबस्थामा चलचित्र जेरीले ६० वटा भन्दा बढि हलहरुमा एकसाथ प्रदर्शनको मौका पाएको बताइएको छ । मनोज शेरचनको निर्माणमा तयार भएको चलचित्रको मुख्य आकर्षक अनमोल केसी हुन् । अनमोल सगैं चलचित्रमा अन्ना शर्माले मुख्य भुमिका रहेको छ । मुस्ताङमा महंगो रकम खर्चेर खिचिएका चलचित्रका दृश्यले दर्शकलाई लोभ्याउने विश्वास गरिएको छ । हेमराज वीसीले निर्देशक गरेको चलचित्र जेरी युवापुस्ताले निकै मनपराउने निर्देशक विसी विस्वस्त देखिएका छन् ।

%d bloggers like this: