Wed. May 1st, 2024

बलिउड स्टार अभिनेत्री करिनाले मुम्बई सहर महिलाहरुको लागि पहिलेजस्तो सुरक्षित नभएको बताएकी छिन् । समस्यामा फसेकी महिला सम्बन्धी सूचित गर्ने एक ‘मोबाइल एप्स’को लन्च गर्दै उनले मुम्बईमै सो बताएकी हुन् । मुम्बई सहर पहिलेजस्तो नभएको बताउँदै दुई वर्षअघिसम्म आफूले सहज महसुस गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘तर, केही यस्ता घटनाहरु भएका छन्, जसबाट मलाई डर लाग्छ ।

karina‘म यहाँका सडकमा हिँड्दा पूर्ण रुपमा निश्चिन्त हुन सक्दिन, जति पहिला हुन्थें ।’ ‘यस खालको महसुस गर्नुका कारण बताउँदै करिनाले भनिन्।’ पछिल्लो दिनमा जहाँ म रहन्छु त्यसको ठिक सामुन्ने एक विदेशी महिलाको पनि बलात्कार भयो । यी सबै घटनाले मलाई सोच्न बाध्य बनायो ।’सुटिङको समयमा रातिसम्म बस्नुपर्दा घर जान ढिला हुने र घरमा उनकी आमा निकै चिन्तित अवस्थामा हुने गरेकी करिनाले सुनाइन् । ‘जबसम्म म राति घर पुग्दिन वा घर पुगेको सन्देश उनलाई दिन्न त्यतिबेलासम्म मेरी आमा नसुति बस्नुहुन्छ’ करिनाले भनिन् ।

%d bloggers like this: