Sat. May 11th, 2024

मंसिर १९ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेको शिर्ष गीत सार्वजनिक भएको छ । निर्देशक नेत्र गुरूङको शब्द, योगेश काजीको स्वर तथा संगीत रहेको सार्वजनिक गीतमा नायक आर्यन सिग्देलको लोभलाग्दो नृत्य देख्न सकिन्छ । सार्वजनिक गीतमा रोहन नेपालीको  ‘हुँ म नाईके’ नामक बोलको गीतमा कोरियोग्राफर रहेको छ ।

naikeचलचित्रको गीत हेर्दा नै नायक आर्यन सिग्देल निकै खतरनाक दृश्यमा चलचित्रमा देखिने अनुमान लगाउन सकिन्छ । चलचित्रमा अभिनेता सिग्देलसंगै सुर्बिना कार्की, रेम बिक, बोधराज रेग्मी लगायतको अभिनय छ । नेत्र गुरुङले लेखेको फिल्ममा अर्जुन तिवारीको छायांकन रहेको छ । फिल्म ‘नाइके’ लाई विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्रीले निर्माण गरेका हुन् । फिल्मको पूरै छायाँकन पोखरा शहरमा गरिएको हो ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=0wort6xJc7k

%d bloggers like this: