Wed. May 8th, 2024

 पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलविदा यति बेला चर्चामा छ । चलचित्रमा नायक आर्यन सिग्देलले भएका कारण पनि चलचित्रलाई विषेश रुपमा हेरिएको छ । चलचित्रमा आर्यनको जोडीको रुपमा अनिता आचार्य देखिएकी छिन् ।

aryanकेहि दिन अगाडी मात्र रिलिज भएकाृ चलचित्रको ‘जिन्दगीको दुई एक पल तिमीलाई’नामक गीतमा देखिएका आर्यन र अनिताको जोडीलाई दर्शकले निकै रुचाउने निर्माण पक्षले दाबी गरेको छ । चलचित्र अलविदालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अलबिदामा अनिता आचार्य, आर्यन सिग्देल र हसन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् ।

%d bloggers like this: