Sat. May 11th, 2024

 salman-shah-rukhकेहि बर्ष देखी चलिरहेको बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खान विचको दुस्मनी अहिले मित्रतामा बदलिएको छ । बर्षै देखी चलिरहेको उनीहरुको दुस्मनी मित्रतामा बलिएर सगैं उनीहरु हाल एक अर्का विच निकै नजिकको सम्बन्ध बनाईरहेका छन् । त्यहि विच सलमानले शाहरुखलाई विहेको निम्तो दिएका छन् । तर, विहे सलमानको होइन । सलमानकी बहिनी अर्पिताको विवाहको रिसेप्सनमा आउन शाहरुखलाई निम्ता गरिएको हो । शाहरुखलाई विशेष प्राथमिकतामा राखेर निम्ता गरिएको छ । पार्टीमा बलिउडका महान हस्तीहरु सगें भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत जाने पक्का भएको छ । सलमानले बहिनीको विवाहमा करोडौं खर्च गर्ने बताइएको छ । सलमानले बहिनीको विवाह आयुष शर्मासँग नोभेम्बर २१ मा गराइदिँदै छन् ।

%d bloggers like this: