Tue. Mar 28th, 2023

katrina-ranbir-7अहिलेका बलिउडका चर्चित एक जोडी कैटरीना कैफ र रणविर कपुर मासिक १५ लाख (भारु) भाडा तिर्दै नयाँ अपार्टमेन्टमा सर्ने भएका छन्। मुम्बई बान्द्राको कार्टर रोडमा रहेको अपार्टमेन्टमा अर्को हप्तादेखि यो जोडी सँगै बस्न लागको भारतीय सञ्चारमाध्यमले जनाएका छन। रणविर अमेरिका पढ्दा बाहेक अहिलेसम्म भाडामा बसेका छैनन् भने कैटरीना यसअघि पनि भाडामा बस्दै आएकी थिइन्। उनीहरुले नयाँ अपार्टमेन्टमा सर्ने दिन आफन्त र नातेदारलाई भोज दिने योजना पनि बनाएका छन। उनीहरु सगें बसेपछि भने विवाह गर्नेबताइएको छ तर उनीहरुबाटै भने विवाहको विषयमा अहिले सम्म कुनै पनि जानकारी आइसकेको छैन ।