Sat. Apr 27th, 2024

पारिवारिक हिसाबले राम्रो सम्बन्ध भएपनि व्यबसायिक हिसाबले निकै ठुलो प्रतिस्पर्दा रहेको नायिका गरिमा पन्त र सुमिना घिमिरेद्धारा अभिनिय चलचित्र रंग बैजनी अब प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । मंसिर १९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीमा यि दुई नायिका देखा पर्दैछन् । व्यबसायिक पाटोमा भन्दा कमको द्धन्द्ध छैन् उनीहरुको चलचित्र रंग बैजनीमा पनि । उनीहरु चलचित्रमा निकै भयानक द्धन्द्धमा देख्न सकिन्छ । पहिलो पटक एकसाथ पर्दामा देखिएका यि दुई नायिका विच कसको भरमा रंग बैजनी विक्ला त्यो भने भोलीको दिनले देखाउँला तर रंग बैजनीको प्रचार प्रसार देखी विभिन्न काममा भने सुमिना भन्दा अलि बढि चासो गरिमालाई रहेको देख्न सकिन्छ । चलचित्र युनिटले आयोजना गरेको केहि पत्रकार सम्मेलनमा सुमिना उपस्थित नहुदाँ धेरैले सुमिनालाई चलचित्र प्रति कम जिम्मेबारी रहेको बुझ्न सकिन्थो । त्यस्तै भयो फेरी आज,चलचित्र युनिटले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका नायक दिक्पाल कार्की,नायिका गरिमा पन्त,निर्देशक शम्भु प्रधान,सिनेम्याटोग्राफर शशांक प्रधान आदीको कार्यक्रममा उपस्थिति रहेता पनि सुमिना घिमिरे भने कार्यक्रममा देखा परिनन् ।

10433748_758469187566830_8185989027541940945_nत्यसपछि भने अझ उनी चलचित्रको बारेमा कुनै पनि वास्ता नभएको बुझिएको छ । पत्रकार सम्मेलनमा नायिका गरिमा पन्तले ‘आफुले कहिले पनि शम्भु प्रधान जस्तो व्यक्तिको चलचित्रमा खेल्न पाउँछु भन्ने नै नसोचेको बताइन ।’ ‘म भाग्यमानी छु,शम्भु प्रधान जस्तो बरिष्ठ निर्देशकको चलचित्रमा काम गर्ने मौका पाएँ’- गरिमाले खुलेरै शम्भु प्रधानको तारिफ गरिन । त्यस्तै नायक दिक्पाल कार्कीले ‘आफुलाई यस चलचित्रमा नायकको अफर आउँछ सुरुमा पत्यार नै नलागेको पनि बताए ।’ ‘मलाई अचम्म लाग्यो एउटा म्युजिक भिडियो खेलिरहेको मोडललाई शम्भु प्रधान जस्तो निर्देशनको चलचित्रमा अफर आउँदा म त सुरुमा अलमन मै परे ।’ ‘त्यसपछि मैले केहि पनि नसोचि चलचित्रको लागी हुन्छ भने’- नायक दिक्पाल कार्कीले बताए । त्यस्तै कार्यक्रममा बोल्दै निर्देशक शम्भु प्रधानले आफुले १२ बर्ष पछि फेरी पैसा कमाउनका लागी चलचित्र निर्देशन नगरेको बताए । आफुले ब्यबसायको लागि यो चलचित्र निर्माण गरेको नभई आफ्नो कला लाई प्रस्तुत गरेको बताउदैं निर्देशक प्रधानले यो चलचित्र कति पैसा कमाउने भन्दा पनि कति दर्शकले राम्रो फिल्म बनाएछ भन्ने हुन् भन्नेमा प्रतिक्षामा आफु रहेको कुरा खुलाए। नुतन प्रधानको कथामा बनेको चलचित्र रंग बैजनी एक पारिवारिक कथा हो।

%d bloggers like this: