Thu. Apr 25th, 2024

निकै महंगो रकममा निर्माण भएको चलचित्र बागमतीको यति बेला सम्पुर्ण छायांकन सकिएर पोष्ट प्रोडक्सनको काम धमाधम भइरहेको छ । ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको चलचित्र ‘बागमती’ को छायाँकन कार्य सफलतापूर्वक सम्पन्न गर्नमा साथ दिने सम्पुर्णलाई प्रोडक्शन कम्पनीले धन्यावाद दिएको छ । प्रोडक्शन कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा सम्पूर्ण कलाकारहरू, प्राविधिकहरू एवं दक्षिण भारतबाट आएका निर्देशक, छायाँङ्कार, अन्यप्राविधिकहरूलाई धन्यवाद दिएको छ । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ । रमेश कुमारले निर्देशन गरेको चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेति द्धव्द्ध निर्देशन,संगित यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ ।

14110256IMG_6245चलचित्रमा विश्व नेपालीको स्वर रहेको छ । यो चलचित्र अहिलेका युवा पिढिलाई लक्षित गरेर निर्माण गरिएको चलचित्रका प्रस्तोता दिनेश दर्शनधारी र विजय सत्यालले बताए । चलचित्र ‘बागमती’ पूर्ण मनोरञ्जनात्मक, पारिवारिक सन्देशमूलक चलचित्र रहेको निर्माता दिनेश दर्शनधारीले बताए । बजारमा चलचित्र बागमती डकुमेन्ट्री हो कि भन्ने भ्रम रहेको खबर आएपनि चलचित्र बागमती डकुमेन्ट्र फिल्म नरहेको पनि निर्माता दर्शनधारीले बताए । चलचित्रका प्रमुख पात्र बागमतिझैं समय र परिवेशका कारण विकृत र विसंगतयुक्त हुन पुगेतापनि अन्ततः आफ्नो उद्देश्यमा पवित्र भएको कथाकै कारण चलचित्रको नाम ‘बागमती दी रिभ्युलेशनरी मूभी’ रहन पुगेको चलचित्र युनिटले ठुलो पर्दालाई बतायो । चलचित्रमा निर्देशक, छायाँकार लगायत अन्य थुप्रै प्राविधिकहरू दक्षिण भारतबाट मगाई चलचित्रलाई राम्रो र स्तरीय नेपाली चलचित्र बनाउने प्रयास निर्माण कम्पनीले गरेको छ । त्यसैले पनि अन्य चलचित्र भन्दा चलचित्र ‘बागमती दी रिभ्युलेशनरी मूभी’मा धेरै लगानीमा निर्माण भएको निर्माण पक्षले बताएको छ । चलचित्रमा कंचन ठकुरी,राजेश हमाल,शिव श्रेष्ठ,मुकुन्द श्रेष्ठ,धुव्र कोइराला,केकी अधिकारी रेनिशा रावत,दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

%d bloggers like this: