Sat. Apr 20th, 2024

nikhil and rekhaकरिब ८ बर्ष देखी पानीबाराबारको अबस्थामा रहेका दुईस्टार रेखा थापा र निखिल उप्रेतिलाई अब दर्शकले फेरी चलचित्रमा एक साथ देख्न पाउने पाएका छन् । केहि महिना अगाडी मात्र आफ्नो फिल्म भैरवका लागी नायिकाको प्रस्ताब लिएर रेखाको निवास पुगेका निखिलले आफ्नो फिल्ममा रेखा खेल्न नमाने पछि नायिका अनु शाहलाई लिएर भैरव निर्माण र निर्देशन गरेका निखिलको अब ८ बर्ष पछि रेखा थापा सगैं फिल्ममा देखा पर्ने भएका छन् । ८ बर्ष अगाडी नायिका रेखा थापाले निर्माण गर्न लागेको चलचित्रमा निखिललाई नायकको प्रस्ताब राख्दा निखिलले फिल्म खेल्न नमानेपनि उनीहरुको सम्बन्ध पानीबाराबारको अबस्था सृजना भएको थियो । अब भने उनीहरु एक साथ फिल्ममा देखिने भनेपछि उनीहरुको सम्बन्ध राम्रो हुदैं गएको स्रोतले बताएको छ । माघ १७ गतेबाट छायांकन सुरु हुने भनिएको चलचित्र लुटेरमा रेखा र निखिल एक साथ देखिने भनेपछि फेरी उनीहरु फ्यानहरु उत्साहित बनेका छन् ।

%d bloggers like this: