Sat. Apr 20th, 2024

नेपाली सिनेनगरिमा खोजेरै हेर्ने हो भने सायद कमै कलाकार होलान जसले उच्च शिक्षा हासिल गरेका हुन् । नभए प्राय कलाकारहरुको अध्ययन हेर्ने हो भने खासै हुदैंन तर पनि चलचित्रक्षेत्रमा राम्रै जमेका पनि छन् । तर अध्ययन भएर चलचित्रक्षेत्रमा प्रवेश गर्नु राम्रो मानिन्छ । जसले चलचित्रक्षेत्रका बारेमा सहज रुपमा बुझ्न सक्छन् । चलचित्रक्षेत्रमा नपढे पनि नायिका वा नायक बन्न पाइन्छ भन्ने खराब मानसिकताले यति बेला चलचित्रनगरि पनि ढपक्कै ढाकेको छ । तर त्यहि भिडमा राम्रै अध्ययन गरेर चलचित्रक्षेत्रमा प्रवेश गरेका कलाकारहरु पनि धेरै छन् ।

kekiपछिल्लो समयमा शिक्षित कलाकारको अभाव खट्किरहेको बेलामा नायिका केकी अधिकारीले एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पूरा गरी आफ्नो करिअरमा नयाँ आयाम थपेकी छन् । सबैका आमा बुबालाई हुन्छ आफ्ना छोरा छोरी राम्रो शिक्षा हासिल गरुन,राम्रो जागिर खाउन अब केकी उक्त कुराबाट सफल बनेकी छिन् । उनले चलचित्रक्षेत्रमा प्रवेश गरेको केहि बर्षमा नै चलचित्रक्षेत्रमा उनले राम्रो छाप बनाईसकेकी छिन । राम्रो अभिनय गर्ने नायिकाको रुपमा चिनिएकी केकी अध्ययन सगै चलचित्रक्षेत्रमा पनि उतिक्कै सफल हुदैं गएकी छन् । कहिले पनि अध्ययनमा दोस्रो हुन नजानेकी केकी पहिलो पटक सर्वोकृष्ट नायिकाको अवार्डबाट पनि सम्मानित भइसकेकी छिन् ।

%d bloggers like this: