Fri. Apr 26th, 2024

मंसिर १९ गते आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेको अडियो एल्बम विमोचन गरिएकोे छ । चलचित्रमा समावेश गीतहरुको संगालो बनाएर चलचित्र युनिटले आज अडियो एल्बम विमोचन गरेको हो । चलचित्रमा नायक आर्यन सिग्देल नाईके भेषमा देखिएका छन् । कार्यक्रम चलिरहदाँ आर्यनलाई नाईकेको नाम दिदैं उनको तारिफ गर्न कोहि पनि पछि परेनन् । माया प्रेमका चलचित्रमा धेरै देखिने आर्यन पछिल्लो समय माया प्रेमका चलचित्रबाट केहि फरक बन्न खोजिरहेका छन् । एक पछि अर्को गदैं विभिन्न चलचित्रमा काम गदैं आएका आर्यनको अब यस बर्ष मात्र ३ देखी ४ वटा सम्म चलचित्र प्रदर्शनमा आउदैंछन् ।

naikeमंसिर १९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेलाई आर्यनले आफुले अभिनय गरेको अन्य चलचित्र भन्दा निकै फरक भुमिकामा देख्न पाइने आर्यनले नै बताएका छन् । आज आयोजित चलचित्र नाईकेको अडियो एल्बम विमोचनमा गायिका मेनुका राई, योगेश काजी र रमन गायकले आफ्नो आवाजमा गीत समेत गाएका सुनाए । नेत्र गुरुङको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल नै मुख्य भुमिकामा देखिएका छन् । बिष्णु हमाल चलचित्रका कार्यकारी निर्माता हुन् भने जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्री चलचित्रका निर्माता हुन् । चलचित्रमा ताराप्रकाश लिम्बु, रमन गायक र योगेश काजीको संगीत छ ।

%d bloggers like this: