Fri. Apr 26th, 2024

तपाईलाई अब बन्न लागेको एउटा चलचित्रको नाम भन्छौं सायद पत्यार नलाग्न सक्छ तर चलचित्रको नाम हो चंखे शंखे पंखे । हो अब यहि चलचित्र निर्माण हुने भएको छ । तर यो अरु कुनै पनि भाषाको नभई नेपाली भाषामा नै निर्माण हुन लागेको छ । झट्ट सुन्दा चलचित्रको नाम विदेशी जस्तो लाग्छ तर यो शब्द नेपाली नै हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र चंखे शंखे पंखे निर्माणको बारेमा जानकारी गराइएको थियो । चलचित्रलाई अभिनेता तथा निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् । छोटो समयमा नै चलचित्रनगरिमा सफल कलाकार बन्दै गएका अभिनेता सुदर्शन थापाले अब चलचित्र चंखे शंखे पंखेलाई निर्देशन गर्न लागेका छन् । सुदर्शनले अभिनय गरेको अर्को चलचित्र अझै पनि फागुन १५ गते प्रदर्शनको तयारीमा छ ।

422त्यहि क्रममा अब उनले चंखे शंखे पंखे नामक चलचित्र निर्देशन गर्ने भएका हुन् । मेरो एउटा साथी,के यो माया हो,मेरो लभस्टोरी,धन्दा र मधुमास जस्ता चलचित्र निर्देशन गरिसकेका सुदर्शनले अब चलचित्र चंखे शंखे पंखे निर्देशन गर्न लागेका हुन् । कात्तिक २७ गते देखी छायांकन सुरु हुने बताइएको चलचित्र चंखे शंखे पंखेमा सुदर्शन थापा,सुवास थापा,प्रेम पुरी,पुजा शर्मा,नन्दिता केसी,प्रमोद अग्रहरी,राजाराम पौडेल,श्याम राई,धुव्र कोइराला र रविन्द्र खड्का लगायका कलाकारहरुको चलचित्रमा अभिनय रहने छ । चलचित्रलाई सन्तोष सेन ठकुरीले निर्माण गर्न लागेका हुन् । कमेडी फर्मुलामा रहेर राष्ट्र प्रेम झल्कने गरि निर्माण हुन लागेको चलचित्र चंखे शंखे पंखेमा तारा प्रकाश लिम्बुको संगीत,डा.कृष्णहरी बरालक र एकनारायण भण्डारीको गीत लेखन,रामशरण पाठकको कथा रहेको चलचित्रमा मिलन अमात्य,सन्तोष लामा,मनोज राज,रुपक डोटेल,भीम लिम्बु र रुखमान लिम्बु लगायतले चलचित्रको गीतमा आवाज दिनेछन् । गोविन्द राईको नृत्य निर्देशन,अष्ट महर्जनको द्धन्द्ध,राजेश श्रेष्ठको छायांकन रहने चलचित्र चंखे शंखे पंखेको छायांकन ४० दिनमा सकिने पनि बताइएको छ ।

%d bloggers like this: