Thu. Mar 28th, 2024

मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबाको ३१ सेकेण्ड छोटो प्रोमो रिलिज भएको छ । ८ बर्षिय निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबाको ३१ सेकेण्ड छोटो प्रोमोमा निकै मर्मस्पर्शी आवाज र नृत्य देख्न सकिन्छ । प्रोमोमा सत्य स्वरुपको आवाज पनि सजिएको छ । सुन्दर छ दुनियाँ यो सजान जाने नामक बोलको गीत पनि उक्त प्रोमामा सन्न सकिन्छ । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

love you babaचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । चलचित्रलाई ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=UU7kp4pVXOQ&feature=youtu.be

%d bloggers like this: