Tue. Apr 16th, 2024

bhul bhulaiyaयोगेश घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र भूल भुलैयाको फष्टलुक पोष्टर र रिलिज मिति सार्वजनिक भएको छ । चैत १३ गतेलाई आफ्नो प्रदर्शन मिति सार्वजनिक गर्दै चलचित्र युनिटले फष्टलुक पोष्टर पनि रिलिज गरेको छ । फष्टलुक पोष्टरमा नायक जीवन लुईँटेल,नीता ढुंगाना र शोहित मानन्धरलाई देख्न सकिन्छ । आरुष इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र भूल भुलैयालाई दिनेशकुमार पोख्रेलले निर्माण गरेका हुन् । जसमा निरज ढकाल,सुशील कार्की,सुरेश गौतम र मणिराज दाहालले निर्माण सहयोग गरेका छन । चलचित्रमा जीवन लुईँटेल,नीता ढुंगाना, सोहित मानन्धर,देशभक्त खनाल,मोहन निरौला लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा बसन्त सापकोटाको संगीत,शिवम् अधिकारीको लेखन तथा बनिष शाहको सम्पादन रहेको छ ।

%d bloggers like this: