Thu. Apr 25th, 2024

no-smokingसुमन दाहालले निर्देशन गेको चलचित्र ‘नो स्मोकिङ’को सम्पुर्ण छायांकन सकिएको छ । खैरावङ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘नो स्मोकिङ’ सामाजिक कथामा निर्माण भएको निर्माता मुरारी पोखरेलले बताए । काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखालगायतका स्थानमा पनि छायांकन गरिएको चलचित्र ‘नो स्मोकिङ’मा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश देवकोटा, अमृता पाण्डे सुसान्त क्षेष्ठ,प्रकाश कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । मुरारी पोखरेलको कथा,अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारी ‘घायल’को लेखन,टंक बुढाथोकीको संगीत ,दिव्य सुवेदीको छायाँकन हिमाल केसीको द्धन्द साथैं राजु साह र विकास घलेको नृत्य रहेको छ । चलचित्र ‘नो स्मोकिङ’ बैशाख ११ गते रिलिजको तयारीमा रहेको छ ।

%d bloggers like this: