Thu. Apr 25th, 2024

मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबा युनिट यति बेला आफ्नो प्रचार प्रचारमा व्यापक रुपमा लागेको छ । पूर्वका विभिन्न स्थानमा प्रचार प्रसार गरिसकेको चलचित्र लब यू बाबा यूनिटले अब अरु ठाँउहरुमा पनि आफ्नो प्रचार सुरु गर्ने ८ बर्षे निर्देशक सौगात विष्टले बताए । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेका सौगात अब चलचित्र प्रदर्शनमा आइसकेपछि मात्र  गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने बताए । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

love you babaचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । चलचित्रलाई ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेका हुन् ।

%d bloggers like this: