Fri. Apr 19th, 2024

crujएजेन्सी । इस्क्वायर म्यागजिनले हलिउड अभिनेत्री पेनेलोप क्रुजलाई सर्वाधिक आकर्षक जीवित महिलाको उपाधिले सम्मान गरेको छ । यो उपाधिपछि क्रुजले कालो रंगको सुटका साथमा आफ्नो केशलाई काँधमा राखेर फोटोसेसन गराएकी छिन् । डेलिमेल डट युकेमा प्रकाशित सामग्रीका अनुसार अभिनेता जेभियर बारदेमकी श्रीमती एवम् दुई सन्तानकी आमा पेनेलोप स्क्वायर म्यागजिनले प्रदान गर्ने सर्वाधिक आकर्षक जिवित महिलाको उपाधि हासिल गर्ने एघारौं महिला हुन् । पेनेलोपले सधैं आफ्नो व्यक्तिगत जीवनलाई मिडियाबाट टाढा राख्दै आएकी थिइन् । उनी एक यस्ती अभिनेत्री हुन्, जो अरु भन्दा यसकारण पनि फरक छिन् कि आफ्ना श्रीमान् तथा बालबच्चाका बारेमा सार्वजनिक कुराकानी गर्नु उनको रुचिको बिषय होइन् ।

%d bloggers like this: