Sat. Apr 27th, 2024

पछिल्लो समय एकै मितिमा दुई देखी तिन वटा चलचित्र सम्म एक साथ प्रदर्शनमा आउन सामान्य नै भइसकेको छ । तर पनि त्यो भिडबाट दर्शकको मन जित्दै उत्कृष्ट व्यापार गर्नु निकै चुनौती पनि हो । तर त्यस्तो भिडलाई छिचोल्दै दर्शकका मन जित्दै उत्कृष्ट व्यापार गर्ने चलचित्र पनि छन् । कुरा गरौं कात्तिक २१ गतेबाट अलनेपाल रिलिज भएको चलचित्र एउटा साथीको,जुन चलचित्र ३ वटा चलचित्र सगँ एक साथ प्रदर्शनमा आएको छ । अलनेपाल सरी ल र मोफसलमा टलकजंग भर्सेस टुल्के सगँ एक साथ प्रदर्शन आरम्भ गरेको चलचित्र एउटा साथीले यति बेला दुई चलचित्र भन्दा राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । व्यापारको हिसाबले पनि चलचित्र एउटा साथी माथि रहेको पनि बताइएको छ ।

aautaत्यसैले होला आज चलचित्र युनिटले काठमाडौंको बागबजार स्थित सिटिम्याक्स हलमा प्रेस शो आयोजना गरि चलचित्र एउटा साथी पत्रकार,चलचित्रकर्मीहरुलाई देखाइएको छ । चलचित्र हेरेपछि सबैले चलचित्रको कथावस्तु निकै राम्रो रहेको भन्दै तारिफ गरेका छन् । चलचित्र हेर्न हल सम्म पुगेका दर्शकहरुले पनि चलचित्र एउटा साथीको कथावस्तुलाई निकै मनपराएका छन् । देशभर ३० वटा पर्दामा प्रदर्शन भइरहेको चलचित्र एउटा साथी केहि दिनमा चलचित्र एउटा साथी लगाउने हलहरुको संख्यामा पनि वृद्धि हुने बताइएको छ । रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र एउटा साथीमा रिस्ता बस्नेत, सलोन बस्नेत, अनु शाह, शिशिर भण्डारी,रबिना खड्का, एलिशा खड्का, रेन थापा, करिष्मा श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई राम खनालले निर्माण गरेका हुन् । चलचित्रमा प्रेम, मित्रता, विछोड र खुशीको कथा देखाउन खोजिएको छ । चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ ।

%d bloggers like this: