Tue. Apr 23rd, 2024

बलिउडका दबंगस्टार सलमान खान सगँ किकमा अभिनय गरेपछि प्रशस्त चर्चा कमाएकी बलिउड नायिका ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा अन्य विभिन्न चलचित्रको शिलशिलामा व्यस्त छिन् । किकमा अभिनय गरेपछि प्रशस्त चलचित्रबाट अफर आइरहेको बताउने ज्याकलिन फर्नान्डिज अहिले पनि सलमानको तारिफ गरिरहन्छिन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा सलमान खानको निकै नै तारिफ गर्न थालेकी छिन् ।

jacqueline-fernandez-new-style-wallpaper-for-desktopसलमान सगँ ‘किक’ चलचित्रमा काम गरेपछिको सफलता पछि उनले आफ्नो करिअरमा नै किक लागेको भन्दै सलमान अन्यन्तै राम्रो व्यक्ति र सहयोगी पनि रहेको खुलासा गरिन् । अहिले रणवीर कपूर र अर्जुन रमपालसँग चलचित्र ‘राय’ मा काम गरिरहेकी उनी यस चलचित्रबाट पनि त्यत्तिकै आशावादी रहेको बताएकी छिन् । ज्याकलिन फर्नान्डिजले केहि महिना अगाडी मात्र सलमानको घर नजिक नयाँ घर किनेकी थिइन । जुन कार्यक्रममा पनि सलमानको तारिफ नगरि बस्न नसक्ने ज्याकलिन फर्नान्डिज केहि कामको निर्णय गर्नुपरेपनि सलमानकै सल्लाह लिने गरेको बताइएको छ ।

%d bloggers like this: