Thu. Apr 25th, 2024

अहिलेकी चल्तीकी नायिका,प्राय निर्माताको आखाँमा झट्ट पर्ने नायिका प्रियंका कार्की पछिल्लो समय निकै व्यस्त नायिकाको रुपमा चिनिन थालेकी छिन् ।  केहि महिना अगाडीप्रदर्शनमा आएको फिल्म ‘आवरण’ को टाइटल गीत निकै चर्चामा थियो । गीतले अभिनेत्री प्रियंका कार्कीले गाएको कारण चर्चा प्राप्त भएको हो । प्रियंकाले स्वर दिएको यो पहिलो गीत थियो । सानै देखि गायनमा रुची भएता पनि यसलाई निरन्तरता दिन नसकेको प्रियंकाले बताइन । ‘सानो छदा पढाइमै व्यस्त भए त्यसपश्चात अभिनयमा त्यसकारण पनि संगीतलाई निरन्तरता दिन सकिन ‘ प्रियंकाले सानोमा गीतसंगीतको क्लास समेत लिएको बताइन ।  अब प्रियंकाको परिचय अभिनेत्रीमा मात्र सिमित नभई गायनमा पनि थपिने भएको छ । आवरणमा ‘छोपिएको सत्य’ बोलको गीत गाउदै गायिका बनेकी प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारि गरिरहेकी छिन । हाल सम्म नाम नजुराइएको यस एल्बममा ८ वटा गीत रहनेछ ।

priyanka karkकिन त् गायनतिर भन्ने प्रश्नमा प्रियंका भन्छिन ‘म सानै देखि संगीत प्रति आकर्षित हुन्थे र सिकेको पनि हो , सबैले मलाइ राम्रो गीत गाउछौ भन्नु हुन्थ्यो आवरणको गीतलाई सबैले मन पराएसी मैले गर्न सक्छु जस्तो लग्यो र एल्बम निकाल्ने सुरमा छु ।’ प्रियंकाले आब आउने हप्ता रेन्ज स्टुडियोमा ‘स्वतन्त्र’ बोलको गीत रेकर्ड गराउदै छिन ।  यसमा शब्द र संगीत शैलेश श्रेष्ठ र शैलेन्द्र सिंहको रहनेछ । प्रियंका भन्छिन ‘आफुसंग भएका हरेक इक्षा पुरा गर्नु पर्छ तर मेहनत र इमान्दारीताक साथ् ।’ प्रियंकाको स्वर रहेको एल्बम अडियो मात्र बजारमा न आउने भएको छ । ‘अडियो मात्र बजारमा ल्याउदीन अब बिस्तारै भिडियो पनि ८ वटै गीतको बनाएपछी भिडियो एल्बम बजारमा ल्याउछु’ प्रियंकाले एल्बम योजना सुनाइन । हुन् त् प्रियंकाले अभिनयसंगै कोरियोग्राफी समेत गरिरहेकी छिन । डेब्यु फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ मा एक गीतमा र पुन्टे परेडको ‘कक्टेल जवानी’ बोलको गीतमा आफैले कोरियोग्राफी गरेकी प्रियंकाले प्रदर्शनको लागि तयार भैसकेको ‘मिसन पैशा रिलोडेड’ को २ गीतमा पनि उनले कोरियोग्राफ गरेकी छिन ।

%d bloggers like this: