Wed. Apr 24th, 2024

कात्त्कि २१ गते अलनेपाल रिलिज भएका दुई चलचित्र एउटा साथी र सरी ल र मोफसल रिलिज भएको चलचित्र टलकजंग भर्सेस टुल्के विच अहिलेको अबस्था हेर्दा एउटा साथीले राम्रो व्यापार गरिरहेको खबर प्राप्त भएको छ । रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र एउटा साथीको व्यापार राम्रो हुदैं गएको बताइएको छ । देशभरका ३० वटा पर्दामा एकसाथ प्रदर्शन भइरहेको चलचित्र एउटा साथीलले थप अरु हलहरु पनि पाइरहेको स्रोतले बताएको छ ।

eauta-sathiएउटा साथीले अहिले सम्ममा १० लाख ग्रस ओपनिङ गरिसकेको युनिटले बताएको छ । चलचित्र सरी ल ले भने सन्तोषजनक व्यापार गरिरहेको छ । कात्तिक १४ गते राजधानीमा प्रदर्शन भएको चलचित्र टलकजंग भर्सेस टुल्केले पनि मोफसल खासै राम्रो व्यापार गर्न भने सकेको छैन । एउटा साथी चलचित्रमा अनु शाह, सलोन बस्नेत, रीस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ । राम खनाल चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा प्रेम, मित्रता, विछोड र खुशीको कथा देखाउन खोजिएको छ ।

%d bloggers like this: